आईपिएल क्रिकेटमा कोलकत्ताले आरसीबी माथि सानदार जित, यस्तो बन्यो अंक तालिका

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता किंग्स राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोर(आरसीबी)माथि शानदार जित निकालेको छ। १८३ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ बल बाँकी हुँदै ७ विकेटको जित निकालेको हो।

CP Hospital Dhangadhi

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको आरसीबीले ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो। आरसीबीका लागि विराट कोहलीले ५९ बल खेल्दै ८३ रनको शानदार अर्धशतक बनाए। क्यामरुन ग्रिनले २१ बलको सामना गर्दै ३३ रन जोडे, ग्लेन मेक्सवेलले १९ बलमा २८ रन बनाउँदा दिनेश कात्तिकले ८ बलमा २० रन बनाए। कप्तान फाप्फ डु पेलेसिस ६ बलको सामना गर्दै ८ रनमै आउट भए।

ओपनरद्वय फिल साल्ट र सुनिल नरेनले कोलकातालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे । साल्टले २० बलमा ३० रन बनाए भने सुनिलले मात्र २२ बलमा ४७ रनको विस्फोटक इनिङ्स खेले । उनले २ चौका र ५ छक्का प्रहार गरे ।

कप्तान श्रेयर ऐयरले नटआउट रहँदै ३९ रन तथा रिंकु सिंहले ५ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्‍याए । बैंग्लुरुका लागि यश दयाल, मंयक डगर र विजयकुमारले १–१ विकेट हात पारे ।
आरसीबीका लागि यश दयाल, मयंक डागर, विजयकुमार विशाकले एकएक विकेट हात पारे।

यो जितसँगै दुई खेल खेलेको कलकता चार अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने तीन खेल खेलेको आरसीबी दुई अंकमा सीमित भएको छ।