कैलाली प्रिमियर लिगकाे उपाधि आलितालले जित्याे

Image
Nisarga Hospital

बैतडी: धनगढीमा सम्पन्न दाेस्राे संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि-२० क्रिकेट प्रतियाेगिताकाे उपाधि डडेल्धुराकाे आलिताल गाउँपालिकाले जितेकाे छ। शनिबार सम्पन्न फाइनल भिडन्तमा डडेल्धुराकै परशुराम नगरपालिकामाथि १ विकेटको राेमाञ्चक जित निकाल्दै आलितालले उपाधि रक्षा गर्याे।

CP Hospital Dhangadhi

उपाधिसंगै आलितालले २ लाख पुरूस्कार पायाे भने परशुरामले १ लाखमा चित्त बुझायाे। जितका लागि पाएकाे १११ रनकाे लक्ष्य आलितालले १८.१ ओभरमा ९ विकेटकाे क्षतिमा पूरा गर्याे। जसमा दिलबहादुर बाेहराले ३० र राजु रिजालले २२ रनकाे याेगदान गरे। परशुरामका महेन्द्र धामीले ३ र कृष्ण विष्टले २ विकेट लिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेकाे परशुराम १०७ रनमा समेटियाे। उसका यश कठायतले ३२ र मान साउले २१ रन जाेडे। आलितालका हिक्मत महरा र निरज ऐरले ३/३ विकेट झारे। हिक्मत म्यान अफ द फाइनल चुनिएका स्काेरर नुरेन अन्सारीले जानकारी दिनुभयाे।

आलितालका दिलबहादुर बाेहरा म्यान अफ द सिरिज,परशुरामका राज बिक बेस्ट ब्याटर,कृष्ण विष्ट बेस्ट बलर र परशुरामकै अर्जुन बिक उदयीमान खेलाडी भए।


विजेता,उपविजेता र अन्य खेलाडीहरूलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द,परशुराम नगरपालिकाका मेयर भरत बडायर जाेशी,आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशी,क्यानका केन्द्रीय सदस्यद्वय धिरेन्द्र सावद र विरेन्द्र चन्दलगायतले पुरूस्कार वितरण गर्नुभयाे।

समापन समापन समाराेहमा बाेल्दै क्यानका अध्यक्ष चन्दले क्रिकेटको विकासका लागि आफू लागिपरेको बताउनुभयाे।
कैलाली जिल्ला क्रिकेट संघको आयाेजनामा चैत ५ गतेदेखि शुरू भएकाे प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूकाे सहभागीता रहेकाे थियोे । प्रतियोगिताले क्रिकेटकाे विकास र खेलाडी उत्पादनमा सहयाेग पुग्ने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयाे ।

Dhnagadhi & Krishanapur