नयाँ वर्ष २०८१ को अवसरमा सिलगढीमा “पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता” हुने

Image
Nisarga Hospital

डोटी: नयाँ वर्ष २०८१ को अवसरमा डोटीको सिलगढीमा “पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता” हुने भएको छ ।
शिलास्थान युवा क्लबले यही चैत्र २८ र २९ गते दुई दिनसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।

CP Hospital Dhangadhi

डोटी जिल्ला खेलकुद समितिसङ्गै रहेको कवर्ड हलमा प्रतियोगिता आयोजना हुने र टिम दर्ताका लागि सूचना आह्वान भैसकेको शिलास्थान युवा क्लबका अध्यक्ष हिक्मत मलासीले जानकारी दिए ।

उनलेे भने-“डोटी जिल्ला खेलकुद समितिसङ्गै रहेको कवर्ड हलको भवन नयाँ बन्ने भएको छ । करिब दुई वर्ष कवर्ड हल नहुने हुँदा पुरानो भवनको सम्झना पनि हुने र नयाँ वर्ष २०८१ को अवसर पनि भएकोले ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दैछौं ।”

nawajiwan
Attariya Hospital

सहभागी हुन चाहने टिमले चैत्र २६ गते बेलुकी ५ बजेभित्र टिम दर्ता गराइसक्नुपर्ने र प्रत्येक टिममा दुई जना मात्रै खेलाडी समावेश गर्न पाइने र प्रतियोगिताको पुरुस्कार राशि चैत्र २६ गते सार्वजनिक गरिने जनाइएको छ ।

डोटीको सदरमुकाम दिपायल सिलगढी – ६ मा रहेको शिलास्थान युवा क्लबले विभिन्न अवसर पारी बेला-बेलामा खेलकुद प्रतियोगिताहरु संचालन गर्दै आएको छ । जसले गर्दा खेल क्षेत्र र खेलाडीका लागि योगदान पुगेको खेलप्रेमीहरुले प्रशंसा गरेका छन् ।