गोदावरी होटल व्यवसायी संघद्धारा नयाँ वर्षको शुभकामना आदानप्रदान,भित्तेपात्रो सार्वजनिक

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी होटल व्यवसायी संघले नयाँवर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको छ ।

CP Hospital Dhangadhi

आज (शनीबार) संघले अत्तरियामा एक कार्यक्रमको आयोजना गर्दै नयाँवर्षको शुभकामना आदानप्रदान गरेको हो । संघले सोहि अवसरमा नयाँ वर्ष २०८१ को भित्तेपात्रो पनि सार्वजनिक गरेको छ ।

मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना सदस्यहरुलाई जानकारी दिन भित्तेपात्रो प्रकाशन गरिएको संघका अध्यक्ष लक्ष्मण धामीले बताएका छन् ।