
नेपाली कांग्रेसको जिल्ला नेतृत्वलाई नयाँ उचाइमा पुर्याउने संकल्पसहित कैलालीका युवा नेता रविन्द्र खड्काले जिल्ला सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन्।

नगर उपसभापति तथा नेपाल विद्यार्थी संघसँग आबद्ध खड्काले आफ्नो राजनीतिक निष्ठा, विचार र नेतृत्वप्रतिको प्रतिबद्धता अवसरअनुसार परिवर्तन नहुने बताएका छन्। धनगढी उपमहानगरपालिका–४ निवासी खड्काले बदलिँदो राजनीतिक परिस्थिति र पार्टीभित्र देखिएको गुटगत गतिविधिका बीच पनि आफू आदरणीय नेता शेरबहादुर देउवाप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
उनले युवाको ऊर्जा, संगठनप्रतिको समर्पण र राजनीतिक अनुभवलाई उपयोग गर्दै जिल्लाको पार्टी संगठनलाई थप सुदृढ बनाउने लक्ष्यसहित सभापति पदमा अघि बढ्ने तयारी गरेको बताएका छन्।
राजनीति पद प्राप्तिका लागि मात्रै नभई विचार, पहिचान र जिम्मेवारी निर्वाह गर्ने माध्यम भएको उल्लेख गर्दै खड्काले युवा नेतृत्वमार्फत पार्टीलाई नयाँ गतिशीलता दिनुपर्ने धारणा राखेका छन्।
उनले आफ्नो राजनीतिक पहिचान निष्ठा, शक्ति संगठन र मुख्य संकल्प युवा नेतृत्व रहेको बताएका छन्। जिल्ला सभापतिमा उम्मेदवारी दिने तयारीसँगै कैलाली कांग्रेसको आगामी नेतृत्व चयनलाई लिएर पार्टीभित्र राजनीतिक चासो बढ्ने देखिएको छ। यद्यपि उनको उम्मेदवारी औपचारिक रूपमा घोषणा हुन बाँकी छ।



























