
धनगढी ः बाजुरा त्रिवेणी नगरपालिका वडा नम्बर ५ को रामडाँडामा बनेको नेपाल टेलिफोनको नयाँ टावर सञ्चालनमा आएको छ । शुक्रवारदेखि टावर सञ्चालनमा आएको हो । स्थानीयको लामो पखाईपछि सञ्चालनमा आएको टावरले बाजुराको त्रिवेणी, बुढीगंगा, खप्तडछेडेदह र अछामका केही पालिकाहरूमा नेटवर्कको पहुँचमा पुगेको त्रिवेणी नगरपालिका वडा न ६ का वडा अध्यक्ष पारस बुढाले जानकारी दिए । टावर सञ्चालनमा आएपछि बुढाले सम्पूर्ण सहयोगीहरू आभार व्यक्त गरेका छन् । टावर सञ्चालनमा आएपछि ५ जी पनि चल्ने भएको छ । दुर्गम ठाउँमा टेलिफोनको सेवा पुगेपछि त्यस ठाउँका स्थानीयहरू खुसी भएका छन् । यस अघि पनि त्रिवेणीको तोलीको डाँडामा टेलिकमको टावर रहेको थियो । त्यो टावरले सबै ठाउँमा नेटवर्कले काम गर्न सकेको थिइन् ।



































