
नेपाली बजारमा आज छापावाला सुनको भाउ एकैदिन प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ।

हिजो २ हजार रुपैयाँले बढेको सुनको भाउ आज ११ सय रुपैयाँले घटेको हो। शुक्रबार छापावाला सुनको मूल्य १ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको मूल्य १ लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
































