लाेकतान्त्रिक खेलकुद संघ बैतडीको कार्यसमिति बिस्तार

Image
Nisarga Hospital

बैतडी: नेपाल लाेकतान्त्रिक खेलकुद संघ बैतडीकाे जिल्ला कार्यसमिति बिस्तार गरिएको छ। आज सदरमुकाममा सम्पन्न जिल्ला भेलाबाट जिल्ला कार्यसमिति बिस्तार गरिएको नेपाल लाेकतान्त्रिक खेलकुद संघका अध्यक्ष पुष्कर धानुकले जानकारी दिनुभयाे।
जिल्ला भेलाबाट २५ सदस्यीय कार्यसमिति बिस्तार गरेकाे हाे ।

CP Hospital Dhangadhi

अध्यक्ष धानुक रहेकाे कार्यसमिति उपाध्यक्षमा ललिता चन्द,महेशराज जाेशी,सचिवमा प्रेमबहादुर चन्द,सहसचिवमा उमेशराज भट्ट,काेषाध्यक्षमा घनश्यामसिंह धामी र अन्य सदस्यहरू रहेका छन्।

भेलाले केहिदिनपछि जिल्लाका १० वटै पालिकामा समिति बिस्तार गर्ने र कार्यसमिति सदस्य धिरज चन्दलाई प्रवक्ता ताेक्ने निर्णय गरेकाे छ।
नेपाल लाेकतान्त्रिक खेलकुद संघका अध्यक्ष पुष्कर धानुककाे अध्यक्षतामा सम्पन्न जिल्ला भेलामा प्रदेश समिति सदस्य टेक राज जोशी,नेपाली कांग्रेस बैतडीका पूर्व सभापति नरेन्द्रसिंह थापा, जिल्ला सदस्य महेन्द्र कार्की, तरुण दलका कार्यवहाक अध्यक्ष महेशदत्त भट्ट, नेबिसंघ बैतडीका अध्यक्ष दीपेन्द्र ढुंगाललगायतको उपस्थिति रहेकाे थियाे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

धानुकलाई यसअघि हालै मात्रै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले मनाेनित पत्र हस्तान्तरण गरेर अध्यक्षकाे जिम्मेवारी दिनुभएको थियाे ।

करातेका राष्ट्रिय खेलाडी समेत रहेका धानुकले जिल्लामा खेलकुद क्षेत्रलाई चलायमान बनाउने विश्वास गरिएको छ।

Dhnagadhi & Krishanapur