
एउटा सुन्दर रमणिय गाउँ थियो, त्यहाँका मानिसहरु खेतिपातिमा मेहनत परिश्रम गरेर आफ्नो गुजारा चलाउथे, बल्लतल्ल खान पुग्थ्यो, तर गाउँमा एकता थियो, समाजको एकता र समय समयको भेटघाटको निम्ति पुजापाठ गर्न आफ्नै गाउँमा मन्दिरहरु पनि स्थापना भएका थिए, विभिन्न पर्बहरुमा पुजा आराधना पनि गरिन्थ्यो! सबै जना उपस्थित हुन्थे, दु:ख कष्ट नहोस् भनी प्राथना गरिन्थ्यो, मन्दिरमा नैं सबैजना मिलेर खाना बनाउँथे ,भोज गरिन्थ्यो र घर फर्किन्थे, समयको बिकास संगै देशमा राणा शासन आयो, गाउँका अलिकती बाँठाहरु कोहि जिम्वाल भए कोहि मुखिया भए यति भए पनि सुख शान्ति शीत रहेका जनताहरु माथी दमन सुरु भयो, कोहि कोहि गाउँ सोझासाझा मान्छेलाई दवाएर आफू साशक बने र शोषण गर्न थाले उनिहरुले केही काम नगर्ने, अरुले काम गर्ने र उनिहरुलाई कर तिर्ने, प्रत्येक चाँडपर्बमा दूध घ्यु उनिहरुको घरमा पुर्याउनु पर्ने नत्र घरमै आएर कुटपिट गाली बेइज्जती हुन्थ्यो!

गाउँका सोझा जनताहरुमा भ्रम फैलाइयो कि उनिहरु ठुलाबडा हुन् खानदानी हुन् उनिहरुलाई मान्नुपर्छ, कसैले आवाज उठाउथे नउठाउने होइनन् तर मूर्ख जनताहरुमा दुटा दुइटा चम्चाहरु बनाएका थिए, तिनले खबर पुर्याउथे, ती आवाज उठाउनेहरुको सर्बस्वहरण गरिन्थ्यो, जिन्दगी भरी मेहनत गरे हुर्काएर पालेको भैंसी खोसेर लग्थे गोठमा हुर्केका खसी काटेर खाइदिन्थे,त्यसैले सबैले डराउनु पर्ने बाध्यता थियो!
समय बित्दै गयो देशमा पन्चायत ब्यबस्था सुरु भयो, अहिलेको गणतन्त्र जस्तै कागज र राजधानि अनि अरु सहरहरुमा राणासासन सकिए पनि गाउँमा अलिकती पनि परिबर्तन भएको थिएन, संचारको अभाब थियो, देशमा राणा शासन सकिएको जानकारी गाउँमा कस्ले दिने? पन्चायती ब्यबस्था सुरु भए संगै गाउँमा चुनाव आयो, अनि बल्ल केहि जनताहरु बुझ्ने भए र ती सामन्ती तत्वहरुको बिरुद्द बोल्न थाले तर त्यति बेलासम्म ती सामन्ती तत्वहरुले आफ्नो पकड बलियो बनाएका थिए पैसामा, जग्गामा अड्डा अदालत अफिसहरुमा राम्रो पकड बनाएसकेका थिए सामान्य गरिब जनताले उनिहरुको बिरुद्द बोल्न सक्ने कुरै भएन, तर एक जना निडर मानिसले त्यो पन्चायती चुनावमा भाग लिए तर ती सामन्तिहरुले रोक्ने सक्दो कोसिस गरे तर सकेनन, र आँखिरमा ती शाहासी ब्यक्ती जितेर पनि आए, बल्ल गाउँमा ती सामन्तिहरुको अलिकती पकड कमजोर भयो जनताहरुमा अलिकती डर कम भयो, तर पनि सामन्तिहरुले अन्याय अत्याचार गर्न छोडेनन, माथी सम्म पकड थियो, मुद्दा कस्ले गर्ने? गाउँमा डराएर राखेका थिए, कसै संग तिन महिना पनि खान पुग्ने जग्गा थियो , जग्गाको कर उनी मुखियालाइ बुझाउने सरकारी नियम थियो, यो मानिस यो गाउँको हो भनेर प्रमाणित पनि मुखियाले गर्नु पर्थ्यो अनि कस्ले बोल्छ त उनिहरु बिरुद्द, उनिहरुले यो मान्छे यो गाउँको होइन भन्दिए मात्र बेघरवार हुने निश्चित थियो र त्यो सामन्ति प्रभुत्व अझै छ!
गाउँ समाज लुटेर पुर्खाले राखेको धन सम्पत्तिहरुलाई प्रयोग गरेर शिक्षित र धनी बनेका छन, आज सम्म उनिहरुको परिवारबाट कुनै ब्यक्ती बिदेश (भारत वा अन्य कुनै देश) गएर धन कमाएका छैनन्, कारण पुर्ख्यौली सम्पती छ, बिदेश जानू आबश्यक थिएन, आज देशमा प्रजातन्त्र हुँदै लोकतान्त्रिक गणतन्त्र हुँदा पनि त्यही पुरानो दम्भ, शोषण गर्ने कार्यहरु कायम गर्न खोज्छ्न् केही मान्छेलाई अझैं पनि गाउँमा डर छ, अनि तिनै डराउने जनता मध्येबाट अहिले पुरानै दास प्रबृतिमा जिउदैछन् तिनै निडर पन्चको परिवारमा अर्का निडर ब्यक्ती जन्मिए उहाँकै जेठा छोरा, उहाँले नै गाउँमा स्कुल खोले, गाउँका नानी बाबुहरुले शिक्षाको उज्यालो ज्योती देखे, तर जस्ले अरुको लागि काम गरे,स्कुल खोले उहाँकै नानिबाबुलाई त्यही स्कुलबाट निकालेर तिनै सामन्ती खानदानले आफ्नो घरको मान्छेहरुलाई जागिर खुवाए, जुन ठाउमा जागिर खान गयो त्यहीं ठाउँमा बिगार्न पुगिहाल्थे,र उहाँको हरेक काममा बाधा अड्चन दिने बन्दै गरेका कामहरु बिगार्ने, अनेक दु:ख दिने गर्थे, उहाँ बूढो हुनु भो, समाजसेवामा आफ्नो जागिर छोडेर लाग्दा पनि मूर्ख गाउँलेहरु अपजस मात्र पाउँदा उहाँ थाक्नु भो तर उहाँको परिवारमा त्यसपछी अझ क्रान्तिकारी स्वभाबका मानिसहरुको जन्मभयो!
देशमा लोकतान्त्रिक गणतन्त्र आयो, बल्ल अलि अलि सामन्तिपन कम भएको महसुस भएको थियो, समाजमा केही गर्छु भन्नेहरुलाइ मौका नै नदिनेहरुको चुरिफुरी अलिकती बन्द भयो विभिन्न कुराहरूमा निहुँ खोज्थे, तर सक्दैनथे, त्यस बिचमा केहि युवाहरुले पनि गाउँमा बिकास गर्ने अवसर पाए तर आफ्नो प्रभुत्व आधी उधि कम भैसकेको र अब सिद्दिने अबस्था देखेपछी सामन्तीहरुले नयाँ बिकल्प रोजे राजनीति, पुरानो डर पुरानो पैसा नयाँ पैसासहित नयाँ क्षमा याचना भाइबन्धु हुने एक हुने, सम्बेदना पाएर विभिन्न बहानामा चुनाव जितियो, अब बल्ल पुरानो प्रभुत्व कायन गर्ने अवसर मिल्यो फेरि सुरु भयो काम गर्ने युवाहरु माथिको दमन धम्की, आग्रह पुर्वाग्रहेकल निर्णय, कसैले चिच्याएर बिरोध गरेपनी आफ्नो निर्णय मात्र अन्तिम गर्न थालिसके, आफ्ना र पार्टिको मान्छे बाहेक कसैलाई पनि मान्छे गन्न छोडे, खासमा भन्ने हो भने राणा पन्चायती शासन भन्दा पनि बढि दमन भैरहेको छ, अरु होइन मोबाइल चलाउँदा फेसबुकमा लेख्दा पनि उनिहरुलाइ सोध्नु पर्ने ?बिदेशमा रहेकाहरुलाई पनि यस्तो नलेख उस्तो नलेख भन्ने, यहि क्रममा आएको थियो!
बाख्रा काण्ड त्यही पुरानो पकड जन्माउन आफू नजिकका त्यस्ता एकदुइ औकात बिहिन चोरहरुलाइ अघि सारेर आफू पनि चाट्ने र कार्यक्रता पाल्ने जोहो गरिएको छ, त्यसैले प्रत्येक गाउँको युवाहरुलाइ मेरो बिनम्र आग्रह एकजुट हुनुस् देसमा साच्चिकै लोकतान्त्रीक गणतन्त्र आएको आभास जनताहरुलाई दिलाउ उठौँ जुटौँ गलतको बिरोध गर्दा गाउँले ,इस्टमित्र आफन्त र पार्टी नहेरौँ, गलतको बिरोध गरौँ!
किशोर कुमार भट्ट
मेलौली २ सुदुर पश्चिम
बैतडी -हाल मलेसिया



























