
सधै हुदैन साथमा छलेर जान्छ जिन्दगी

तथापि पीर ले यहा ढलेर जान्छ जिन्दगी
छ याम नै मनोरमा भुली दियाे अतीत नै
न देखिने भयो यहाँ गलेर जान्छ जिन्दगी
गरिन्छ कामना सदा सुभास साथ जो थिए
सुनाउदा कथै कथा जलेर जान्छ जिन्दगी
कता गयो बहार नै थियो बशन्त छाउने
हरा भरा थियो सधै फलेर जान्छ जिन्दगी
अघोश आत्म सम्झना मनै भरी तनै भरी
अनन्त प्राणका सरी पलेर जान्छ जिन्दगी
यतै थियो सुभाष काे बहार याे छ गाउँको
खुशी रहे समाजमा चलेर जान्छ जिन्दगी
थियो यहाँ त साथमा लगेर जानुु के छ रे
सबै यहाँ छुटी गयाे जलेर जान्छ जिन्दगी
सधै खुशी सबै सुखी हुदैन पीर मात्र याे
बसेर सत्य मा सदा टलेर जान्छ जिन्दगी
॥१॥
साथ मागे यहाँ आसमा अल्झिए
रै छ लोभी धरा बासमा अल्झिए
तिर्सनामा झुमे सुन्यतामा बुझे
आज छोडी सबै खासमा अल्झिए
रैछ स्वार्थी यहाँ निष्ठुरीको थलो
मुच्छनामा उठी सासमा अल्झिए
खोट मेरो थियो साथ छाेडी दियो
लालची भावको दासमा अल्झिए
बल्ल पो चेतना आज आँखा खुले
साथ पानीे थियोे गासमा अल्झिए
कामकाे खाेजमा जिन्दगी भासिदै
सत्यप्रेमी बनी लासमा अल्झिए
॥२॥
बाेकी हजार स्वप्ना भुल्दै छ आज मान्छे
आफन्त साथ खाेेज्दै डुल्दै छ आज मान्छे
आखा र कान हेर्दा फिक्का छ याे जवानी
खाली छरेर बास्ना झुल्दै छ आज मान्छे
भन्थे चुमेर गाला मेराे त सान भन्दै
प्यासी अधर् झुकाई फुल्दै छ आज मान्छे
पर्दा हटेर सारा लाली छरे उषाले
हाेला प्रभात भन्दै खुल्दै छ आज मान्छे
स्वतन्त्र खाेज्न टाढा जादा नि आज यस्तो
राेगी र ओषधीमा घुल्दै छ आज मान्छे
पैसा र मान कुर्सी खस्के र याे अवस्था
प्यूँने परे छ बाँनी झुल्दै छ आज मान्छे
बित्यो उमेर ऐले छाेटाे भयाे जवानी
बाेकेर रीण भारा चुल्दै छु आज मान्छे
आत्मा दुखेर हाेला पीडा भए छ लक्ष्मी
आफन्त छाेडी अर्को हुल्दै छु आज मान्छे
॥३॥
सदा रहन्न जिन्दगी सधै रहन्न सास याे
हवा सरी छ प्राण नैे कता बसिन्छ बास याे
सुभास मार्ग हो यहा छ जानु खै अझै कता
नवीनता छ कामको हुदैन अर्थ गास याे
न छाेड गाउँ कन्दरा न बिर्स जन्म भूमि नै
अपार यो छ जिन्दगी सधै रहन्न दास याे
कहाँ भयो र जन्म नै कहाँ त जानु पर्छ नै
छ साथ जे छ आज यो खुशी हुने छ खास याे
न छोड साथ आत्मको न भुल्नु जन्म मातृ नै
न बस्नु धेर लोभमा छ जिन्दगी त नास याे
न देउ दुख्छ आत्ममा यही छ छाेड्नु साथकाे
न लोभमा न भाेगमा सबै छ छाेड्नु रास याे
लक्ष्मी दत भट्ट
धनगढी , कैलाली



























