वर्षासंगै किसानलाई रोपाइँको चटारो

Image
oplus_0
Nisarga Hospital

बैतडी: केहिदिनदेखि भइरहेको वर्षासंगै यहाँका किसानलाई रोपाइँको चटारो परेको छ । आकासे पानीले रोपाइँ गर्ने किसान वर्षासंगै रोपाइँ गर्न व्यस्त रहेका हुन् ।

CP Hospital Dhangadhi

सिचाइँ सुविधा नभएर आकाशे पानीको भरमा रहेका किसान धमाधम रोपाइँ गर्न थालेका दोगडाकेदार ३ श्रीकोटका गणेशसिंह विष्टले बताउनुभयो । उहाँले भन्नुभयो,“ सिचाइँ सुविधा नभएर आकाशे पानीको भरमा थियौं,वर्षा भएसंगै रोपाईको चटारो परेको छ ।”
धानखेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको छ ।

कृषि ज्ञान केन्द्र बैतडीले पनि जिल्लामा ७० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको जनाएको छ । केन्द्रका प्रमुख घनश्याम चौधरीले वर्षा भएसंगै धमामम रोपाइँ भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“ उहाँले भन्नुभयो,“ सिँचाइ सुविधा भएका ठाउँमा यसअघि नै रोपाइँ सम्पन्न भइसकेको छ । आकाशे पानीको भरमा रहेका किसान हाल रोपाइँ गरिरहेका छन् ।”

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसैबीच गतवर्षको तुलनामा भने यो वर्ष समयमा वर्षा नहुँदा वर्षा नहुँदा रोपाइँ गर्न ढिलाइ भएको छ । गत बर्ष असार मध्यसम्म गतेसम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको बैतडीमा यो बर्ष बर्षा नहुँदा ७० प्रतिशतमात्रै रोपाँइ भएको छ । जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ ।

जिल्लाको पाटन नगरपालिका क्षेत्रको पाटन सेरा, डिलाशैनीको गोकुलेश्वर क्षेत्र, सिगासको ढुंगाड क्षेत्र, मेलौलीको सलेना, पञ्चेश्वरको महाकालीसंग जोडिएको क्षेत्र, दशरथचन्द नगरपालिकाको महाकालीसंग जोडिएको क्षेत्र, सुर्नयाको सुर्नया नदीसंग जोडिएको क्षेत्रलाई धान पकेट क्षेत्रका रुपमा लिने गरिएको छ ।

बैतडीमा पछिल्लो समयमा धानखेती हुने जमीन समेत घट्दै गएको छ । पछिल्लो कृषि गणनाको तथ्यांक अनुसार बैतडीमा ५ हजार २२५ हेक्टर जमीनमा मात्रै धानखेती हुने गरेको छ । ९ हजार हेक्टर जमीनमा धानखेती हुँदै आएको बैतडीमा रोपाइँ हुने क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Dhnagadhi & Krishanapur