रमित ढुङ्गानाको चलचित्र “नमेटिने घाउ’’को स्वरांङ्कनमा सांसद ज्ञानेन्द्र शाही

Image
Nisarga Hospital

अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र “नमेटिने घाउ’’ यति बेला स्वरांङ्कन कार्य भैरहेको छ ।चलचित्रमा अभिनय गरेका सांसद ज्ञानेन्द्र शाहीको स्वरांङ्कन कार्य सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

चलचित्रमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको हुदा केहि दिनमा उहाले पनि स्वरांङ्कन दिने निर्देशक रमित ढुङ्गानाले जानकारी दिनुभयो ।

छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र “नमेटिने घाउ’’ एसिड सर्भाइभरहरुको बास्तविक जीवनीमा आधारित छ ।चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाईएको छ । फिल्ममा शिवम् अधिकारीको कथा,ओम सुनारको संगीत रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिहॅ राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। यस्तै चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा,सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा,लालना चिमोरिया,स्वस्तीमा कार्की, लिजा कोरानी,एलिसा गुरुङ,बिशाल देबकोटा ,आरजु अधिकारी ,आरजु लेखक लगायत अभिनय रहेको छ ।

‘नमेटिने घाउ’मार्फत सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली , पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र सासॅदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहि को पनी भूमिका देखिने भयको छ ! चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरुको अभिनय रहेको छ।

Dhnagadhi & Krishanapur