कैलाली जनपुस्तकालयद्वारा बिभिन्न पुरस्कारको निर्णय

Image
Nisarga Hospital

धनगढी ः ऐतिहासिक कैलाली जनपुस्तकालय धनगढीले १७ औं राष्ट्रिय पुस्तकालय दिवस यही भदौ १५ गते धनगढीमा विविध कार्यक्रमका साथ मनाउने भएको छ। समारोहमा पुस्तकालयले प्रदान गर्ने बिभिन्न पुरस्कारहरूबाट प्रतिभाहरूलाई सम्मानित गरिने कैलाली जनपुस्तकालय धनगढीका अध्यक्ष डा.टीएन जोशीले बताए।

CP Hospital Dhangadhi

शुक्रबार बसेको पुस्तकालयको बैठकले कैलाली जनपुस्तकालय पुरस्कार २०८१ सह प्रा. तथा साहित्यकार सीताराम भट्टलाई, जसुन्धरा राष्ट्रिय छन्द पुरस्कार २०८१ कवि निर्मल कुमार भण्डारीलाई, भोजराज-हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कार २०८१ समाजसेवी मदन चन्द (महेन्द्रनगर) लाई र विष्णु-नर्मदा राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार २०८१ साहित्यकार तुलसी प्रसाद पण्डित (बझाङ) लाई प्रदान गर्ने निर्णय भएको कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टीएन जोशीले बताए।

Attariya Hospital

पुस्तकालय दिवसमा बिबिध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने आयोजकले जनाएको छ।

nawajiwan