सुदूरपश्चिम गौरा महोत्सवको भव्य उदघाटन

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले डेउडा प्रतिष्ठानसंगको सहकार्यमा गरेको सुदूरपश्चिम गौरा महोत्सवको आज भव्य समारोहकाबिच समुदघाटन गरिएको छ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीको सभापतित्वमा भएको सुदूरपष्चिम गौरा महोत्सवको प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले समुदघाटन गरेकी हुन्। महोत्सवको उदघाटन गर्दे राज्यमन्त्री खड्काले प्रदेशको मौलिक संस्कृतिलाई जोगाउन सबै लाग्नुपर्ने बताइन्। उनले सरकारका तर्फबाट प्रदेशको भाषा संस्कृतिको विकासका लागि आफूले सक्दो पहल गर्ने बताइन्।साथै राज्यमन्त्री खड्काले गौराष्टमी पर्व र श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा प्रदेश बासीलाई शुभकामना समेत दिइन्।

कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. जोशीले यस वर्ष गौरा महोत्सवसंगै विद्यालयस्तरीय डेउडा प्रतियोगिता आयोजना गरिएको बताए। उनले हाम्रो मौलिक संस्कृति पुस्तान्तरण गर्नु आवश्यक भएको बताउदै यसका लागि प्रज्ञा प्रतिष्ठानले ठोस कार्य योजना बनाइरहेको पनि बताए। प्रदेश सभाका सदस्य धर्मराज पाठकले प्रदेशको सांस्कृतिक विकासका लागि प्रज्ञा प्रतिष्ठानलाई स्वायत्त र अधिकारसम्पन्न बनाउन आफ्नो पहल रहने बताए। प्रज्ञाको ऐन संशोधनको चरणमा रहेको उनले बताए। प्रदेश सभा सदस्य विक्रम धामीले गौरा पर्व सुदूरपश्चिमको महान चाड भएको बताऊदै यस पर्वलाई अझै सुव्यवस्थित ढङ्गले मनाउन सबैले लाग्नु पर्ने बताए।

nawajiwan
Attariya Hospital

कार्यक्रममा पूर्व राज्यमन्त्री टेकबहादुर रैका, वरिष्ठ कवि मनिराज जोशी, डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीलगायतले शुभकामना राखेका थिए। कार्यक्रममा लोकगायक लालबहादुर थापाको डेउडा प्रस्तुतिले कार्यक्रम उल्लासमय बनेको थियो। यही भाद्र १२ गतेसम्म सञ्चालन हुने गौरा महोत्सव तथा विद्यालयस्तरीय डेउडा प्रतियोगितामा २० भन्दा बढी विद्यालयका सहभागिता रहेको आयोजकले जनाएको छ। पाच हजार भन्दा बढीको सहभागिता रहेको गौरा महोत्सव उदघाटन समारोहमा ११ र १२ गते थप उपस्थिति हुने आयोजकको भनाइ छ। उदघाटन समारोहमा प्रस्तुत झाँकी, धमारी, हुडकेली र डेउडामा सयौं युवाहरू झुमेका थिए। समारोहमा संस्कृतिकर्मी डिल्लीराज जोशीद्वारा लिखित गौरागीत सङ्ग्रह पुस्तकको समेत विमोचन गरिएको थियो।

उदघाटन पश्चात् दुइ वटा बिद्यालयको प्रतियोगिता गराइएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा डबल बहादुर बिष्ट, खेमराज पाण्डेय,माधब बिष्ट, र डिलबहादुर धामी रहेका छन्।