
धनगढी ः बाजुरा धनगढी स्वस्थ्य कर्मी सम्पर्क मन्च कैलालीले तिजको पुर्व सन्ध्यामा दर खुवाएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको पुर्व सन्ध्यामा तिज मिलन कार्यक्रमको आयोजना गरेर सम्पर्क मन्चले दर खुवाएको हो ।

तिजको दर खाने दिन सबै महिलाहरुले घरमै दर खाने भएका कारण उहाँहरुको सम्मानका लागी दर खुवाएको बाजुरा धनगढी स्वस्थ्य कर्मी सम्पर्क मन्च कैलालीका अध्यक्ष जयराज जोशी बताए । हिन्दु नारीहरुले मनाउने महत्वपुर्ण चाडमा मन्चमा आबद्ध महिला दिदि बहिनि लगायतलाई दर खुवाएको अध्यक्ष जोशीले बताए। तिजका माध्यमबाट आपसि सद्भाव बढाउनुपर्नेमा जोड दिए । हामी नेपालीहरु बिभिन्न जातजाती, धर्मको एउटै साझा फुलवारी हो भने “हाम्रो मौलिक संस्कृतीका रुपमा मनाइने तिजलाई महिला दिदि बहिनिहरुको सम्मानका रुपमा हामीले मनाउने हो, यसलाई अझ मौलिक रुपमा मनाउनु पर्छ, हामी सबैका चाडवाड एउटै हुन्, यि संस्कृतीको जगेर्ना गर्नेपनि हाम्रो दायित्व हो, त्यस कारण सबै संस्कृतीको सममान गर्दै हामीले तीज मनाएका छौँ, सक्दो अन्य संस्कृतीको पनि जगेर्ना तर्फ ध्यान दिर्नुे मन्चका सचिब महेन्द्र साउदले बताए।”
कार्यक्रममा मन्चमा आवद्ध महिला लगायत सहभागीले दर सहित तिजको मौलिक गितमा सांस्कृतिक कार्यक्रमपनि गरेको मन्चका सहसचिव चेतराज रेग्मीले बताए । कार्यक्रममा मन्चका पदाधिकारी, सदस्य,स्वस्थ्य कर्मी लगायतको सहभागीता रहेको मन्चका सदस्य झलक नाथ योगीले जानकारी दिए।






























