डडेल्धुरा मेडिकल कलेजमा अब बीएस्सी नर्सिङ र पब्लिक हेल्थको पनि अध्यापन गर्ने तयारीमा

Image
Nisarga Hospital

डडेल्धुरा मेडिकल कलेजमा अब बीएस्सी नर्सिङ र पब्लिक हेल्थको पनि अध्यापन गर्ने तयारी भएको छ । बीएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि चिकित्सा शिक्षा आयोगले सिट निर्धारण गरेको छ ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीले बीएस्सी नर्सिङका लागि २० र पब्लिक हेल्थको लागि २० सिट आयोगले निर्धारण गरेको जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षदेखि अध्ययन सुरु भएको ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी अध्ययनका लागि भने १० सिट निर्धारण भएको छ ।
बिएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि सिट त निर्धारण भइसकेको छ, उनले भने, तर त्यहाँ एउटा कैफियत उल्लेख छ । अर्थ मन्त्रालयले स्रोत सहमति दियो भने मात्रै अध्यापन सुरु हुने अवस्था छ । उनका अनुसार अर्थबाट स्रोत सहमति प्राप्त गर्नका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेको झण्डै दुई वर्षपछि पहिलोपटक २०८० असोजमा चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको थियो । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन जोशीका अनुसार डडेल्धुरा मेडिकल कलेजमार्फत पाँचवटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएकोमा ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको अध्यापन गत वर्षदेखि सुरु भएको थियो । एमबीबीएस अध्यापनका लागि भने डडेल्धुरा अस्पतालको स्तरोन्नति आवश्यक रहेको उनको भनाइ छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

‘अहिले डडेल्धुरा अस्पताल एक सय शय्याको स्वीकृत दरबन्दीअनुसार सञ्चालन भइरहेको छ,’ डिन जोशीले थपे, ‘डडेल्धुरा अस्पताल स्तरोन्नति भएर तीन सय शय्यामा सञ्चालन भएको तीन वर्षपछि मात्रै हामीले एमबीबीएसको अध्यापन अनुमति पाउनेछौँ ।’ उनका अनुसार, मेडिकल कलेजमा एमबीबीएसको अध्यापन गराउनका लागि तीन वर्षसम्म ३ सय शय्याको अस्पताल सञ्चालन गरेको हुनुपर्छ ।

Dhnagadhi & Krishanapur