डेउडा गायिका रेखा जोशी सम्मानित

Image
Nisarga Hospital

धनगढीः डेउडा गाडिका रेखा जोशी सम्मानित भएकी छन्। सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघको १७ औ वार्षिक साधारण सभामा गायिका जोशीलाई सम्मान गरिएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गायिका जोशीलाई प्रमाण पत्र, दोसल्लासहित सम्मान गरेका हुन्। गायिका जोशीको पुर्ख्यौली घर बाजुराको बुढीगंगा नगरपालिका–५ थुमा हो। उनी कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएकी छन्। जोशीले सुदूरपश्चिम तथा कर्णाली प्रदेशको मौलिक डेउडा भाकामा गीत गाउने गरेकी छन्।

nawajiwan