बैतडीको सिगास स्थित देउलेक मन्दिरमा जाँत नहुने, चौखाम मन्दिरमा असोज २४ गते जाँत मनाइने

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

बैतडी :

बैतडीको सिगास गाउँपालिकाको सुप्रसिद्ध धार्मीक स्थल देउलेक मन्दिरमा जाँत (जात्रा) नहुने भएको छ । वडा नं. ४ मा अवस्थित देउलेक मन्दिरमा यहि असोज २४ गते असोज शुक्ल अष्टमीको दिन हुने जाँत (जात्रा) साउद परिवारमा जुठो परेका नहुने जनाइएको छ ।

nawajiwan

यसैबिच उता सिगास गाउँपालिका वडा नं. ९ मा रहेको सिगास गाउँपालिकाकै सुप्रसिद्ध धार्मिक स्थल “चौखाम मन्दिरमा” जाँत मनाइने भएको छ । दशैँको रौनक सँगै असोज शुक्ल अष्टमीमा पूजाआजाका साथ जाँत मनाउने चलन रही आएको छ ।

Attariya Hospital

असोज शुक्ल चतुर्दशीका दिन अर्थात् आज देखि मन्दिरमा पूजाकार्य विधिवत् रूपमा शुभारम्भ भएको एवम् २४ गते “चौखाम मन्दिरमा” जाँत हुने स्थानिय शालिभान सिंह धामीले जानकारी दिनुभयो ।

हरेक वर्ष असोज / कात्तिक महाअष्टमीको दिन लाग्ने सिगास गाउँपालिका वडा नं. ९ को प्रमुख तथा प्रसिद्ध धार्मिकस्थल “चौखाम मन्दिरमा” यस वर्ष पहिलो पर्व असोज शुक्ल अष्टमीको दिन जाँत हुने भएको हो ।

प्रशिद्ध “चौखाम मन्दिर” सिगास गाउँपालिका भरिकै सुप्रसिद्ध धार्मीक स्थलको रूपमा परिचित रहेको छ ।जात्रा हुने भएसँगै “चौखाम मन्दिरमा” दर्शनार्थी तथा श्रदालु भक्तजनहरू सहित जात्राको चहलपहल बढेको छ । चौखाम मन्दिरमा पूजाआजा सहित दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । उक्त मन्दिरमा जात्रा भर्न सिगास गाउँपालिका सहित छिमेकी जिल्ला बझाङ, डडेलधुरा, डोटी सहित तराइका जिल्लाबाट समेत श्रदालु भक्तजन आउने गरेका छन् ।