पश्चिम सेती जलविद्युत् आयोजना बन्छ – कांग्रेस सभापति शेरबहादुर देउवा

Image
Nisarga Hospital

गृह जिल्ला डडेलधुरामा रहनुभएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको बताए ।देउवाले भारतले पश्चिम सेती बनाउन लागेको उल्लेख गर्दै यो योजना बने राम्रो हुने बताए । भारतको नवरत्न कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ ९एसआर–६० जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर मस्यौदा लगानी बोर्डलाई बुझाएको छ ।

CP Hospital Dhangadhi

“पश्चिम सेती अब इन्डियाले बनाइदिने भन्या छ, त्यो धेरै राम्रो हो,” उनले भने “करिब करिब बन्ने भइसकेको छ । पश्चिम सेती बन्यो भने त हामीलाई सजिलो हुन्छ ।”

लगानी बोर्डका तत्कालीन निर्देशक सुशील भट्टका अनुसार एनएचपिसीले गत असार ५ गते डिपिआरको मस्यौदा बुझाएको थियो । यसमा लगानी बोर्डले आवश्यक अध्ययन प्रतिक्रिया दिइसकेपछि त्यसलाई सम्बोधन गरेर अन्तिम डिपिआर तयार हुने छ । अन्तिम डिपिआर तयार भएपछि परियोजना विकास सम्झौता पिडिए प्रक्रिया अगाडि बढ्ने छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

परियोजनाको अन्तिम डिपिआरले समग्र सामाजिक, आर्थिक, भौगर्भिक, प्राविधिक एवं वातावरणीय पक्षबारे जानकारी दिने छ । त्यस्तै परियोजनाको अनुमानित लागत, आयोजना निर्माण सुरु तथा सम्पन्न हुने समय र कार्ययोजना, बजार सुनिश्चितता, प्रसारण लाइन निर्माण,

वित्तीय स्रोतको उपलब्धतालगायतका विषयमा पनि डिपिआरले मार्गदर्शन गर्ने छ । डिपिआरको विश्लेषणपछि परियोजना अगाडि बढाउन चाहेमा पिडिए हुने छ ।

यसअघिको अध्ययन अनुसार ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाको लागत एक हजार ३२० मिलियन अमेरिकी डलर र ४५० मेगावाट उत्पादन क्षमताको एसआर–६ आयोजनाको लागत आठ सय मिलियन अमेरिकी डलर बराबर अनुमान गरिएको थियो ।

गृह जिल्ला डडेलधुरा पुगेर विभिन्न देवीदेवताको मन्दिरमा गई पूजाआजा दर्शनसँगै नेता कार्यकर्ता भेटघाटमा व्यस्त रहनुभएका देउवाले थुप्रै योजना अधुरा रहेको र नयाँ निर्माण गर्न पनि आवश्यक भएको बताउनुभयो । उहाँले डडेलधुराको विकासका लागि योजनाहरूमा बजेट परिरहेको बताए ।

बिहीबार नवदुर्गा गाउँपालिका–१, चौरा र भागेश्वर गाउँपालिका–४, बगरकोट पुग्नुभएका देउवाले यी सडकहरू कालोपत्रे भएपछि निकै सहज भएको बताउनुभयो । देउवाले भने “प्रजातन्त्रका लागि लड्दा, भनौँ २०४८ सालको चुनावमा म उम्मेदवार हुँदा हिँडेरै सबैको घरघर पुगेको हुँ । धेरैलाई चिन्थेँ । अहिले त गाउँमा कोही रहनुभएन । त्यो बेला गाउँमा रेडियो पनि कोही कोहीसँग मात्रै हुन्थ्यो । खानेपानीको साह्रै समस्या थियो ।

ओहो १ अहिले त धेरै गाउँमा खानेपानी, सडक पुगेको छ । सञ्चार जगत्को विकास भएको छ । अझै सडक चौडा पारेर कालोपत्रे गर्छु ।”देउवाले अजयमेरु गाउँपालिका–१, पुइलेकमा हवाई मैदान निर्माणका लागि सम्भाव्यता सर्भे भएको र अब ‘डिटेल सर्भे, डिटेल डिजाइनिङ’ गरिने बताए ।

यी दुई वटै सर्भे भएपछि बजेट ल्याउने उहाँले बताउनुभयो । पछिल्लो एक दशकमा डडेलधुरामा एक दर्जन पक्की पुल निर्माण भएसँगै स्थानीयलाई निकै सहज भएको उहाँले बताए ।

Dhnagadhi & Krishanapur