बझाङमा जिप दुर्घटना हुँदा गाडी चालक सहित ४ जनाको ज्यान गयो

Image
Nisarga Hospital

बझाङमा जिप दुर्घटना हुँदा गाडी चालक सहित ४ जनाको ज्यान गएको छ । जिल्लाको तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा गाडी चालक सहित ४ जनाको ज्यान गएको हो ।

CP Hospital Dhangadhi

ज्यान जानेमा गाडी चालक केदारस्युँ गाउँपालिका–१ का ३३ वर्षीय समशेर मल्ल, तलकोट गाउँपालिका–४ घर भएका ३६ वर्षीय बमबहादुर धामी, ७२ वर्षीया उनकी आमा जौमतीदेवी धामी रहेका छन् ।
त्यसैगरी बमकी ६ वर्षीया छोरी आकृति कुमारी धामीकाे उपचारका लागि जिल्ला अस्पताल बझाङमा पुऱ्याई डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Attariya Hospital

जीप करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

nawajiwan