कृष्णपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता: खेल महोत्सवका रूपमा मनाइने : नगर-प्रमुख ओझा

Image
Nisarga Hospital

अत्तरिया,कञ्चनपुरको कृष्णपुर नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मङ्गलबारदेखि सुरु हुँदैछ। नगरपालिकाले आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै यही पौष २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने यो प्रतियोगिता सरस्वती माध्यमिक विद्यालय, वडा नं. २ वाणीमा आयोजना गरिने जानकारी दिएको छ।

CP Hospital Dhangadhi

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले प्रतियोगितालाई खेल महोत्सवका रूपमा मनाउने र यसलाई खेलकुद विकासको मुख्य आधार बनाउने बताए।

nawajiwan

प्रतियोगितामा कबड्डी, भलिबल, फुटबल र एथलेटिक्स जस्ता ६ विधामा खेलहरू समावेश गरिएका छन्। नगरप्रमुख ओझाले खेलकुदले विद्यार्थीहरूलाई नकारात्मक क्रियाकलापबाट टाढा राखी सकारात्मक प्रेरणा दिने विश्वास व्यक्त समेत गरे।

प्रतियोगिताका साथसाथै नगरपालिकाले विद्यालयहरूका खेल मैदानहरूको स्तरवृद्धिमा समेत ध्यान दिँदै आएको छ। खेलकुदको माध्यमबाट विद्यालयका पूर्वाधारहरूलाई सुधार गर्न वार्षिक रुपमा यस्ता प्रतियोगिताहरू आयोजना गरिने उनले बताए।

नगरपालिकाले यो पहलका लागि छुट्टै बजेटको व्यवस्था गरेको बताउँदै प्रतियोगितामा सहभागी विद्यालयहरूलाई प्रथम, द्वितीय र तृतीय स्थानका लागि विशेष प्रोत्साहनको व्यवस्था गरिएको छ।

Attariya Hospital

यो कार्यक्रम खेलकुदप्रति विद्यार्थीहरूको रुचि बढाउन र जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान ग गरिने र त्यहाँबाट प्रथम द्वितीय तृतीय हुने विद्यार्थी खेलाडीहरूलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको समेत बताउनुभयो।यस वर्षको राष्ट्रपति रनिङ सिल्डमा २६ भन्दा बढी माध्यमिक विद्यालयका टोलीहरूको सहभागिता रहने छ ।

प्रतियोगिताको उद्घाटन आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले गर्नेछन्। नगरप्रमुख ओझाले खेलकुद गतिविधिलाई केवल प्रतिस्पर्धाका रूपमा मात्र नभई क्षेत्रीय विकास र विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अवसरको रूपमा हेर्नुपर्ने बताए।

कृष्णपुर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल महोत्सवका रूपमा आयोजना गरी खेलकुदमा नयाँ उचाइ दिन प्रयत्नशील भएको स्पष्ट समेत नगर प्रमुख ओझाले गरेका थिए।