अत्तरियामा जारी “खुल्ला पुरुष फुटबल मेयर कपको उपाधी गोदावरी ८ बन्यो, वडा न. १० उपबिजेतामा चित्त बुझायो

Image
Nisarga Hospital

अत्तरिया:  पि.एफ.ए. स्पोर्ट्स क्लब, अत्तरियाद्वारा आयोजना भएको “खुल्ला पुरुष फुटबल मेयर कप–२०८३” प्रतियोगिताको विजेता गोदावरी नगरपालिका वडा नं ८ बनेको छ।

CP Hospital Dhangadhi

असार ५ गते देखी संञ्चालन गरिएको प्रतियोगीताकाे शुक्रवार अन्तिम खेल वडा नं ८ र वडा नं १० बिच प्रतिस्पर्धा भएको थियो। अन्तिम खेलको पहीलो हाफमा वडा नं १० काे १ गोल प्रहारमा वडा नं ८ ले २ गोल प्रहार गर्दै अग्रता कायम गरेको थियाे। त्यस्तै खेलको अन्तिम समय सम्म पनि वडा नं ८ ले अग्रता कायम गर्दै पुन ५ गाेल प्रहार गरी वडा नं १० लाई ७-१ गोल हानेर विजेता बन्न सफल भएको थियो।

विजेता टिम ८ नं वडालाई नगद ५० हजार सहीत ट्रफी प्रदान पत्र मेडल वितरण गरीएको छ । भने दृतिय टीम वडा नं १० लाई नगद २५ हजार सहीत पुरस्कार ट्रफी,प्रदान पत्र ,मेडल वितरण गरीएको छ।

nawajiwan

यस्तै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै वडा नं ८ का खेलाडि राजन चौधरी प्रतियोगीताको उत्कृष्ट स्ट्राइकर भएका थिए। भने उत्कृष्ट गोल रक्षक गोविन्द बोहरा , उत्कृष्ट डिफेन्डर रविन्द्र राना मगर भएका थिए।

Attariya Hospital

उनीहरूलाई ५ हजार नगद सहित पुरस्कृत गरिएको थियोे। यस्तै खेल अवधिभरि उदाउँदो खेलाडी रूपमा वडा नं २ का पासाङ लामा, उत्कृष्ट मिड फिल्डर वडा नं १० का बिकास शाहु भए संगै ५/५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो। यस्तै प्रतियोगीता अवधिभरिको उत्कृष्ट खेलाडी बनेका वडा नं १० का खेलाडी भरत टमाटालाई १० हजार नगद सहित पुरस्कृत गरिएको छ।

यस्तै क्लबका महासचिव सिद्ध बोहोराले क्लबले खेलकुद सँगै विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको बताउँदै गोदावरी नगरपालिकाका १२ वटै वडाका खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले मेयर कप फुटबल प्रतियोगिता आयोजना गरीएको बताए।

उनले प्रतियोगिताको मुख्य उद्देश्य १२ वटै वडाका खेलाडीहरूलाई समेटेर उनीहरूको खेलकौशलको मूल्याङ्कन गर्नु हो। प्रतियोगितामा सहभागी मध्ये उत्कृष्ट ६० जना खेलाडीलाई क्लबले दक्ष तथा अनुभवी प्रशिक्षकमार्फत विशेष प्रशिक्षण प्रदान गर्ने साथै स्थानीय तहका खेलाडीहरूको प्रतिभालाई प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगिताका सबै खेल नकआउट प्रणालीमा संञ्चालन गरिएको थियो। भने प्रतियोगितामा नगरका १२ वडाहरू मध्ये १० वडाका टिमहरूकाे सहभागिता रहेको छ।