पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। यसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ भने सुदूरपश्चिम प्रदेशलगायत तराईका केही स्थानमा हुस्सु लागेको छ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश
दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहँदै धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहँदै थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। तराईमा पनि आंशिकदेखि साधारणतया बदली रहँदै एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहँदै थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदलीको सम्भावना छ।

nawajiwan
Attariya Hospital

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले वर्षा र हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन, तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।