बझाङको साइपाल एफएममा कार्यरत धामीमाथि ज्यान मार्ने धम्कीप्रति श्रमजीवी-पत्रकार संघद्वारा घोर भर्त्सना

Image
Nisarga Hospital

धनगढी- सुदूरपश्चिमको पहिलो रेडियो बझाङमा रहेको साइपाल एफएममा कार्यरत पत्रकार गणेश धामी धामीमाथि ज्यान मार्ने धम्की आएको घटनाप्रति श्रमजीवी-पत्रकार संघ जिल्ला समिति बझाङले गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको निन्दा गरेको छ ।
जिल्लाको केदारस्यूँ गाउँपालिका-९ भैरव माध्यमिक विद्यालय झोता भएको पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साइपाल एफएमबाट समाचार सम्प्रेषणको क्रममा खटेका पत्रकार धामीमाथि ज्यान मार्ने धम्की आएको घटनाप्रति श्रमजीवी-पत्रकार संघ जिल्ला समिति बझाङले गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको निन्दा गरेको हो।

CP Hospital Dhangadhi

संघका अध्यक्ष भूमिराज पिठातोलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी मात्रै नभएर अपराधिक कार्य हो । यसरी समाचार सम्प्रेषणका क्रममा पत्रकारलाई गरिएको धम्कीको श्रमजीवी–पत्रकार संघ, जिल्ला समिति बझाङ घोर भर्त्सना गर्दछ ।

Attariya Hospital

पत्रकार धामीलाई दिइएको यो धम्कीले भौतिक सुरक्षामै चुनौती देखिएकोले निजको सुरक्षाको प्रबन्धन गर्न, धाक धम्की दिनेलाई तत्कालै कानुनी कारबाहीको दायरामा ल्याउन तथा स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण तयार गर्न सरकार र स्थानीय प्रशासनसँग माग गरेको छ ।

nawajiwan


विज्ञप्तिमा यस्ता घटनाले स्वतन्त्र पत्रकारितामा बाधा पुग्नुका साथै सञ्चारकर्मीहरुको सरक्षामा गम्भीर चुनौती खडा गरेको छ । संघले दोषीलाई तुरुन्त कानुनी कारबाही गर्न र सञ्चारकर्मीको सुरक्षा निकाय, र नागरिक समाजलाई पत्रकारिताको स्वतन्त्रता र मर्यादा कायम राख्न सहयोग गर्न अग्रह गरेको छ ।