सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

पछिल्ला केही दिनदेखि सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउमा गिरावट आएको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारदेखि सुनको मूल्य तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम छ। गत बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ५०० रुपैयाँ रहेकोमा शुक्रबारबाट बढेर हालसम्म स्थिर रहेको हो।

यसैबीच, चाँदीको मूल्य भने ओरालो लागेको छ। आइतबार तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर १ हजार ८९५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी तोलामा १५ रुपैयाँ सस्तो भएको महासंघले जनाएको छ।