
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य फेरि वृद्धि भएको छ।

मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २,२०० रुपैयाँ बढेर १,६६,९०० रुपैयाँ पुगेको छ। मंगलबार सुन तोलामा १,६४,७०० रुपैयाँ मा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। मंगलबार तोलाको १,९३० रुपैयाँ रहेको चाँदी बुधबार १,९७५ रुपैयाँ मा कारोबार भएको महासंघले जनाएको छ।


























