सुनको मूल्यमा पुनः वृद्धि, तोलाको दर १ लाख ६८ हजार ५०० रुपैयाँ

Image
Nisarga Hospital

नेपालमा सुनको मूल्य लगातार उकालो लाग्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार मात्र तोलामा १,६०० रुपैयाँले वृद्धि भएको छ।

CP Hospital Dhangadhi

यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन तोलाको दर १ लाख ६६ हजार ९०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। बुधबार तोलाको दर १,९७५ रुपैयाँ रहेकोमा बिहीबार १,९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।