
बझाङ: घरेलु तथा साना उद्योग कार्यालय बझाङको आ.व.२०८१÷०८२ को अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरिएको छ । यो कार्यालयले २०८१ ÷८२ श्रावण देखि पुस महिना सम्म सम्पादित कार्य सार्वजनिक गदै चालु खर्च तर्फ ३६ प्रतिशत र पुँजीगत खर्च १५ खर्च गरेको छ ।

यसरी घरेलु कार्यालयले दोस्रो त्रैमासिकमा मात्र कूल १५ लाख ७० हजार ३६१ रुपैयाँ ५० पैसा राजस्व सङ्कलन गरेको छ ।
गएको साउन देखि पुस मसान्त सम्म यस कार्यालयमा ६९ वटा उद्योग दर्ता, १२३ वटा उद्योग नवीकरण र ५४ वटा वाणिज्य दर्ता भएको कार्यालयले जनाएको हो ।


यस्तै सिप विकास तालिम अन्तर्गत जयपृथ्बी नगरपालिकामा १० दिने चुरापोते बनाउने , र १ महिने हाते होजियारी तालिम सम्पन्न गर्नुका साथै, थलारा गाउँपालिका ९ मा ७ दिने कुखुरा पालन स्तरोन्नति तालिम र डडेल्धुरामा १ महिने कार जिप ड्राइभिङ तालिम प्रदान गरिएको कार्यालय प्रमुख मान बहादुर धामीले बताउनुभयो ।
घरेलु कार्यालयले यो ६ महिनामा ६ पटक बजार अनुगमन गरेको पनि कार्यालय प्रमुख धामीले बताउनुभयो ।































