परराष्ट्रमन्त्री देउवा निर्वाचन क्षेत्रमा ब्यस्त

Image
Nisarga Hospital

धनगढी ः तीन दिनदेखि कैलालीमा रहेकी परराष्ट्रमन्त्री डा । आरजु राणा देउवा हरेक दिन बिहानैदेखि बेलुकासम्म उद्घाटन,शिलान्यास र भेटघाटमा ब्यस्त छन्। माघ २५ गते धनगढीमा सम्पन्न नेपाली काँग्रेस कैलालीको जिल्ला सम्मेलनमा प्रमुख अतिथि रहेकी नेपाली काँग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्रमन्त्री देउवा त्यसयता लगातार आफ्नै निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न वडाका कार्यक्रममा सहभागिता जनाईरहेकी छन्।

CP Hospital Dhangadhi

२०७४ सालमा सम्पन्न निर्वाचनमा कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट संघिय सांसद लडेर तत्कालिन बाम गठबन्धनका उम्मेद्वार नारदमुनी राना संग पराजित डा। आरजु त्यस यता निरन्तर यश निर्वाचन क्षेत्रमा सकृय रहेकी छन। उनले केही समय अघि मात्र आगामी २०८४ को निर्वाचनमा यहि क्षेत्रबाट निर्वाचन लडने घोषणा गरिसकेकी छन। अहिले उनी आफुले निर्वाचन लडने निर्वाचन क्षेत्रका विभिन्न वडामा पुगेर विकास आयोजनाका सिलान्यास, उद्घाटन देखि विभिन्न औपचारिक कार्यक्रममा ब्यस्त रहेकी छन।

आइतबार मात्र परराष्ट्रमन्त्री देउवा बिहान ९ बजे देखि ५ बजे सम्म विभिन्न ७ वटा कार्यक्रममा प्रमुख अतिथी बनेकी छन। उनी भोक भोकै बिहानै देखि दिनभर धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा पुगेर सिलान्यास देखि उद्घाटनमा सहभागी बनेकी हुन।

nawajiwan
Attariya Hospital

आईतबार बिहान ९ बजे नेपाल विद्यार्थी संघ कैलालीले धनगढीबाट सुरु गरेको लागू औषध दुर्ब्यसन बिरुद्दको र्यालीको उद्घाटन गरि सहभागीता जनाएकी परराष्ट्रमन्त्री देउवाले बेलुका ५ बजे सुदूरपश्चिम खेलकुद परिषदले आजबाट धनगढीमा सुरु गरेको खेलाडी छनोट प्रतियोगिताको उद्घाटन गरेकी हुन।

नेपाल विद्यार्थी संघले आयोजना गरेको लागुऔषध विरुद्धको पैदल यात्रामा सहभागी भए पश्चात डा। देउवा विकास निमार्णका आयोजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी भएकी थिइन्। जस अन्तरगत धनगढी उमहानगरपालिका वडा नम्बर १९ स्थित जनप्रिय आधारभूत विद्यालयको भवन, १७ मा रहेको दमौलिया झोलुङ्गे पुल, ११ मा रहेको जोकैया पक्की पुल, २ नम्बर वडा कार्यालयको प्रशासनिक भवनको उद्घाटन डा। देउवाले गरेकी छन। आइतबार नै वडा नम्बर १६ मा रहेको बेहडाबाबा माद्यामिक विद्यालयको पक्की भवनको शिलान्यास कार्यक्रम समेत मन्त्री देउवाले गरेकी छन्।