सुदूरपश्चिमेली नेपाली समाज युएईको पाँचौं महाधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाशदत्त बडु चयन

Image
Nisarga Hospital

डोटीः सुदूरपश्चिमेली नेपाली समाज युएईको पाँचौं महाधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट प्रकाशदत्त बडुको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

CP Hospital Dhangadhi

समितिको वरिष्ठ उपाध्यक्षमा तारा सिंह विष्ट, उपाध्यक्षमा टंक प्रसाद जोशी, अमित चटौत, भिम बोगटी, चन्द्र सिंह धामी, महिला उपाध्यक्षमा वसन्ति मडै, महासचिवमा भरत विक्रम बोगटी, सचिवमा विक्रम धामी र दिपेश कुँवर, कोषाध्यक्षमा तारा धामी र सह-कोषाध्यक्षमा नारायन बुडाल चयन भएका छन् ।


त्यसैगरी सदस्यहरुमा गोविन्द बोहरा, देवराज साउँद, धन बहादुर नाथ, शुशील बोहरा, सन्दिप काजी बस्नेत, रेनु काफ्ले कमल साउँद, लिला कुंवर, मनोज माली र बबिता धामी रहेका छन् ।

nawajiwan

सुदूरपश्चिमेली नेपाली समाज युएईका निवर्तमान अध्यक्ष मोहन ठकुराठीको अध्यक्षता एवं युएईका लागी नेपाली राजदुतावास युएईका श्रम काउन्सलर दिपेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनमा संस्थाको कार्यविवरण सहित प्रतिवेदन महासचिव प्रकाश दत्त बडुले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष तारासिंह विष्टले प्रस्तुत गरेका थिए।

Attariya Hospital

त्यस्तै अधिवेशनको बन्द सत्र निर्वाचन समिति संयोजक दानसिंह महराको अध्यक्षतामा सम्पन्न भएको संस्थाले जनाएको छ । निर्वाचन समिति सदस्य दामोदर सिंह ठगुन्नाले नयाँ कार्यसमिति चयनका लागि सहजीकरण गरेका थिए ।

उक्त अधिवेशनमा नेपालबाट आमन्त्रित कलाकारहरु बिनोद बाजुराली र अनिता चलाउने सङ्गै युएईमा रहेका सुदूरपश्चिमेली कलाकारहरु सूर्य बिसी, सुशील बोहरा, पदम बिसी लगाएतले बेजोड सांस्कृतिक प्रस्तुति राखेका थिए ।

प्राय स्टेज कार्यक्रममा कमै देखिने एरेन्जर, गीतकार, सङ्गीतकार तथा गायक बहुप्रतिभाका धनी कलाकार बिनोद बाजुरेलीले पहिलो पटक विदेशी भुमि युएईमा पुगेर सुदूरपश्चिमको संस्कृति डेउडा गाउदै, खेल्दै, नाच्दै रमाइलो गर्न पाएकोमा खुशी व्यक्त गरे ।

“सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली” भन्ने मूल नारा बोकेको सुदूरपश्चिमेली नेपाली समाज युएईले दु:ख अफ्ट्यारोमा परेका नेपालीहरुको हकहितका साथै सुदूरपश्चिमेली संस्कृति डेउडाको प्रवर्द्धनका लागि भुमिका खेल्दै आएको छ ।