
नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्यमा गिरावट आएको हो।

नयाँ मूल्य अनुसार, बुधबार छापावाल सुन तोलाको १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार यसको मूल्य १ लाख ७० हजार २०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलाको १ हजार ९४५ रुपैयाँ रहेको चाँदी बुधबार घटेर १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


























