आज भ्यालेन्टाइन डे: प्रेम, इतिहास र समर्पणको कथा

Image
Nisarga Hospital

फेब्रुअरी १४ लाई विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको रूपमा मनाइन्छ। यो दिन विशेष गरी प्रेम प्रस्ताव गर्ने, प्रेम व्यक्त गर्ने, र आफ्ना प्रियजनलाई विशेष महसुस गराउने अवसरका रूपमा लिइन्छ।

CP Hospital Dhangadhi
Attariya Hospital

कतिपयले यसलाई पश्चिमा संस्कृति भनेर अस्वीकार गर्न खोजे पनि प्रेमको कुनै भूगोल हुँदैन। प्रेम सधैं सार्वभौम भावना हो, जसले कुनै सीमाना मान्दैन। केही नेपालीहरूले हाम्रो संस्कृति अनुसार ‘कृष्ण अष्टमी’लाई प्रेम दिवस मान्नुपर्ने तर्क राख्छन्। तथापि, भ्यालेन्टाइन डे नेपाली समाजमा पनि लोकप्रिय बन्दै गएको छ।

भ्यालेन्टाइन डेको इतिहास

यस दिवसको सुरुवातको कथा रोमन साम्राज्यसँग जोडिएको छ। तेस्रो शताब्दीमा सम्राट क्लोडियसले सैनिकहरूको विवाह प्रतिबन्ध लगाए, किनभने उनले सोचे कि विवाहले पुरुषको शक्ति कम गर्छ। तर, सन्त भ्यालेन्टाइनले यस निर्णयको विरोध गर्दै प्रेम र विवाहको पक्षमा उभिए। उनले गोप्य रूपमा सैनिकहरूलाई विवाह गराइदिए।

जब क्लोडियसलाई यो थाहा भयो, उनले भ्यालेन्टाइनलाई बन्दी बनाएर कालकोठरीमा हालिदिए। त्यहाँ उनले जेलरकी दृष्टिविहीन छोरीलाई प्रेमपूर्वक सन्देश लेखे र अन्तिम पत्रमा “फ्रॉम योर भ्यालेन्टाइन” लेखे। सन् २६९ को फेब्रुअरी १४ मा उनलाई मृत्युदण्ड दिइयो, र यही दिनलाई प्रेमको उत्सवका रूपमा स्मरण गरिन्छ।

भ्यालेन्टाइन डे आजको समाजमा

पहिले प्रेम पत्र र हस्तलिखित कार्डहरूको चलन थियो, अहिले डिजिटल सन्देश, उपहार, गुलाब, चकलेट, तथा विशेष भेटघाट लोकप्रिय छ।

यदि तपाईं कसैलाई मन पराउनुहुन्छ तर आफ्नो भावना भन्न सक्नुभएको छैन भने, फेब्रुअरी १४ एक राम्रो अवसर हुन सक्छ। किनभने प्रेम भनेकै भावना व्यक्त गर्न सक्ने साहस पनि हो।