सुनचाँदीको मूल्य वृद्धिः सोमबार तोलामा सुन १,२०० रुपैयाँले बढ्यो

Image
Nisarga Hospital

काठमाडौ: सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १,२०० रुपैयाँले बढेर १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ।

CP Hospital Dhangadhi

यसअघि आइतबार तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य सोमबार वृद्धि भएको हो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा १ हजार ९५५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार १५ रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।