सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुन तोलामा ७०० रुपैयाँले बढेको छ।

CP Hospital Dhangadhi

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छ। सोमबार यसको मूल्य १ लाख ६८ हजार ७०० रुपैयाँ थियो।

यसैबीच, चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार तोलाको १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।