
बैतडीः बैतडीको सिगास गाउँपालिका सदरमुकाम गर्जेमा फागुन १४ र १५ गते २ दिन भव्य देउडा कार्यक्रम हने भएको छ । सिगास सांस्कृतिक संरक्षण समितिको आयोजनामा २ दिन देउडा प्रतियोगिता आयोजना हुन लागेको समितिका अध्यक्ष राम सिंह धामीले जानकारी दिनुभयो ।

स्थानीय देउडा संस्कृतीको सम्मान स्वरुप देउडा प्रतियोगिता कार्यक्रम हुन लागेको समितिका सचिव गगन सिंह धामीले बताउनुभयो । चर्चित देउडा कलाकारको उपस्थितीमा स्थानीय देउडा कलाकारको बेजोड देउडा प्रस्तुती रहने उहाँले बताउनुभयो ।
कार्यक्रममा थलारा गाउँपालिका बझाङ्गका चर्चित देउडा गायक विकास धामी, बीरेन्द्रनगर, सुर्खेतका चर्चित गायिका धौली बयक क्षेत्री, सिगास गाउँपालिकाका चर्चित देउडा गायक रघुबीर सिंह धामी, मनिसा धामी, राम सिंह धामी, लीला धामी, शेर सिंह साउद, पार्वती देवी धामी, शर्मा साउद र अमर सिंह धामीको समेत बेजोड देउडा प्रस्तुती रहने सिगास सांस्कृतिक संरक्षण समितिले जनाएको छ ।


सिगास सांस्कृतिक संरक्षण समितिको आयोजनामा २ दिन देउडा प्रतियोगिता कार्यक्रममै सुदूरपश्चिमको लोप हुन लागेको संस्कृती हुड्क्यौली नाच, छलिया नाच लगायतका अन्य प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रम अवधिभर मदिरा बेचबिखन र सेवन नगर्न नगराउँन पनि सिगास सांस्कृतिक संरक्षण समितिले अनुरोध गरेको छ ।
हेर्नुहोस् सूचनाः































