भारतको झारखण्डमा केराउको दानाले डेढ वर्षीय बालकको ज्यान लियो

Image
Nisarga Hospital

झारखण्डको कैरो थाना क्षेत्र अन्तर्गत गुडी करंज टोलमा केराउको दानाका कारण डेढ वर्षीय बालकको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

कृषक खुदी उरांवका छोरा शिवम उरांव बिहीबार परिवारसँगै बारी गएका थिए। बच्चालाई भुल्याउन उनले आफ्नै बारीमा फलेको केराउ उखेलेर दिएका थिए। घर फर्कने क्रममा बच्चाले केराउको लहरो पनि सँगै ल्याए।

Attariya Hospital

केहीबेरमा बालक अचानक तड्पिन थालेपछि परिवारले उनलाई तत्काल अस्पताल लगे। तर, चिकित्सकले उनलाई मृत घोषित गरे।

nawajiwan

डाक्टरका अनुसार केराउको दाना खाँदा श्वास नलीमा अड्किएर बालकको मृत्यु भएको हो। विशेषज्ञहरूले साना बालबालिकालाई सख्त वा साना दानाजस्ता खानेकुरा दिन सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन्।