
साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार तोलामा १ लाख ७० हजार कायम रहेको सुन आइतबार ३०० रुपैयाँले बढ्दै १ लाख ७० हजार ३०० रुपैयाँ पुगेको छ।

यता, चाँदीको मूल्य भने घटेको छ। शुक्रबार तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २० रुपैयाँ घटेर १ हजार ९७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


























