१५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख देवराज जोशीले गरे उद्घाटन

Image
Nisarga Hospital

बाजुराः जिल्ला स्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन्। भानोदय माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगिता जिल्ला खेलकुद समिति बाजुराको आयोजनामा तथा बुढीगंगा नगरपालिकाको सहआयोजनामा सम्पन्न भइरहेको छ।

CP Hospital Dhangadhi

प्रतियोगितामा छात्र-छात्रा भलिबल, कबड्डीसहित विभिन्न एथलेटिक्स खेलहरू सञ्चालन हुने जिल्ला खेलकुद समितिले जनाएको छ। जिल्लाका सबै ९ वटै स्थानीय तहका खेलाडीहरू प्रतियोगितामा सहभागी छन्।

Attariya Hospital

जिल्ला खेलकुद समितिका अध्यक्ष राकेश थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा पूर्व प्रदेश प्रमुख जोशी उपस्थित थिए। कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पूर्व प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, संविधान सभा पूर्व सदस्य बसुन्धरा रोकाया विशिष्ट अतिथिका रूपमा रहेका थिए।

nawajiwan

त्यस्तै, जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, ९ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय, नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटी, जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख, नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंह, सुरक्षा निकायका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताले जिल्लामा खेलकुदको प्रवर्द्धन गर्दै नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्ने विश्वास गरिएको छ।