गोदावरी नगर उपप्रमुखद्वारा खुटिया, गोदावरी र खैराना खोलामा छड्के अनुगमन

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिकाकी उपमेयर शारदा देवी रोकायाले खुटिया, गोदावरी, र खैराना खोलामा छड्के अनुगमन गरेकी छन्। अनुगमनका क्रममा उनले खोलामा ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन नियमन अनुसार भइरहेको बताइन्। साथै, उनले नदीजन्य वस्तुहरूको संकलन गर्दा एक मिटरभन्दा बढी गहिराइमा नखन्न निर्देशन दिइन्।

CP Hospital Dhangadhi

नगरपालिकाले खोलाको प्राकृतिक अवस्था जोगाउन नियम अनुसार मात्र उत्खनन गर्नुपर्नेमा जोड दिएको छ। उपमेयर रोकायाले नदीजन्य सामग्रीको उत्खनन गर्दा वातावरणीय सन्तुलन कायम राख्न अनिवार्य रहेको बताइन्। उनका अनुसार अनाधिकृत उत्खननले नदी प्रणालीमा नकारात्मक असर पार्ने हुँदा नगरपालिकाले नियमित अनुगमन गरिरहेको छ।

nawajiwan
oplus_131072
Attariya Hospital

अनुगमन टोलीमा सहभागी कार्यपालिका सदस्य चन्द्रा भुलले पनि नदीजन्य सामग्री संकलन गर्दा नियमको पालना गर्न व्यवसायी तथा स्थानीयलाई आग्रह गरिन्। उनले प्राकृतिक स्रोतको सही उपयोग आवश्यक रहेको बताउँदै कानूनी प्रक्रिया अवलम्बन गर्न अनुरोध गरिन्।

oplus_131072

गोदावरी नगरपालिकाले खानीजन्य स्रोत व्यवस्थापनमा कडाइ गर्ने नीति लिएको छ। अनुगमनपछि उपमेयर रोकायाले सम्बन्धित पक्षलाई नियम उल्लङ्घन नगर्न सचेत गराइन्। नियम विपरीत उत्खनन गर्नेलाई कारबाही गरिने चेतावनी दिँदै उनले वातावरणीय सन्तुलन र दीर्घकालीन स्रोत व्यवस्थापनका लागि नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारिन्।

oplus_131072