गिद्ध संरक्षणका लागि सरोकारवालाहरूको जोड

Image
Nisarga Hospital

नेपालमा गिद्धको संख्या घट्दै गएको भन्दै सरोकारवालाहरूले यसको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। गिद्धको तीव्र रूपमा घट्दो सङ्ख्या रोक्न सरकार तथा विभिन्न संस्थाहरूले संरक्षण अभियान सञ्चालन गरिरहेका छन्।

CP Hospital Dhangadhi

संरक्षणकर्मी विजयराज श्रेष्ठका अनुसार गिद्ध बचाउन सबै सरोकारवालाले सक्रिय भूमिका खेल्नुपर्छ। उनले कैलालीमा सञ्चालन गरिएको गुलेली सङ्कलन अभियानले चरा संरक्षणमा सकारात्मक प्रभाव पारेको बताए।

वन मन्त्रालयका प्रवक्ता एवम् वन अधिकृत भरत श्रेष्ठका अनुसार गुँड भएको रुख काट्न कानुनी प्रतिबन्ध छ। उनले मन्त्रालय र मातहतका निकायहरूले गिद्ध तथा अन्य चरा संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

nawajiwan
Attariya Hospital

नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये सुन गिद्ध, डङ्गर गिद्ध र सानोखैरो गिद्ध अति सङ्कटापन्न सूचीमा छन्, जसको संख्या क्रमशः ५००, २००० र ७५ मात्र रहेको छ। त्यस्तै, सेतो गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्ध सङ्कटको नजिक रहेका छन्। पाहुना गिद्धका रूपमा नेपालमा खैरो गिद्ध, राज गिद्ध र लामोठुँडे गिद्ध पाइन्छन्।

बिसीएनका परियोजना अधिकृत भूपाल नेपालीका अनुसार २००८ मा ४०–५० गुँड मात्र रहेकोमा २०२२ सम्म आइपुग्दा ५०० भन्दा बढी गुँड भेटिएको छ। सुदूरपश्चिममा मात्र १५० भन्दा बढी गुँड फेला परेको छ।

नेपाल सरकारले सन् २००६ मा गिद्धका लागि हानिकारक डाइक्लोफेनेक औषधीको बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाएको थियो। गिद्धको संरक्षणलाई प्रभावकारी बनाउन थप नीति तथा कार्यक्रम आवश्यक रहेको विज्ञहरू बताउँछन्।