चैत ७ गतेदेखि सुरु हुने एसईई परीक्षाको लागी सिगास गाउँपालिकामा २ केन्द्र कायम

Image
Nisarga Hospital

बैतडी: चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको लागी सिगास गाउँपालिकामा २ परीक्षा केन्द्र कायम गरिएकाे छ । सिगास गाउँपालिका वडा नं. २ मा रहेको अर्जुन माध्यमिक विद्यालय र वडा नं. ८ मा रहेको लेक लुपुड माध्यमिक विद्यालय लाइ परीक्षा केन्द्र कायम गरिएकाे शिक्षा विकास तथा समन्वय इकाई बैतडीले जनाएको छ ।

CP Hospital Dhangadhi

नियमित र आंशिक परीक्षार्थी गरी अर्जुन माध्यमिक विद्यालय परीक्षा केन्द्र बाट ३१६ र लेक लुपुड माध्यमिक विद्यालय परीक्षा केन्द्र बाट १७९ विद्यार्थीले एसईईको परीक्षा दिने जनाइएको छ ।

जसमध्ये अर्जुन माध्यमिक विद्यालय परीक्षा केन्द्र बाट नियमित र आंशिक परीक्षार्थी छात्र छात्राहरु गरी लेक लुपुड मावि शिवलिङ्गका ४४ जना, सिगास मावि रक्सौनका ३१ जना, शारदा मावि ढुंगाडका २८ जना, भुवन भाष्कर मावि चमडेखर्कका २८ जना, शिवलिङ्ग मावि धौलाडीका २८ जना, पञ्चोदय मावि इरानाका २७ जना, नरेन्द्रपुर मावि बजकोटका २१ जना रौलेश्वर मावि रामकी बरायलका ३२ जना, ज्ञानेश्वर मावि विजयपुरका २६ जना, सिगास मावि मुसेरौटेका ३४ जना र भूमिराज मावि ढोलेका १७ जना गरी नियमित तर्फ जम्मा छात्र १४०, छात्रा १५८ र आंशिक तर्फ छात्र ७ र छात्रा ११ गरी जम्मा ३१६ जना परीक्षार्थी सम्मिलित हुने जनाइएको छ ।

nawajiwan
Attariya Hospital

यस्तै लेक लुपुड माध्यमिक विद्यालय परीक्षा केन्द्र बाट नियमित र आंशिक परीक्षार्थी छात्र छात्राहरु गरी अर्जुन मावि गाँजरीका ६७ जना, उदय मावि गन्सुरका १९ जना, बालकृष्ण मावि न्वाघरका १९ जना महादेव मावि थलाकाँडाका २० जना, गणेश मावि लेकमका १४ जना, भुवनेश्वरी मावि खैरकोटका १३ जना, भूमिराज मावि थलाका २१ जना र शिव मावि गढतोलाका ६ जना गरी नियमित तर्फ जम्मा छात्र ८६, छात्रा ७२ र आंशिक तर्फ छात्र ९ र छात्रा १२ गरी जम्मा १७९ जना परीक्षार्थी सम्मिलित हुने जनाइएको छ ।