जन्मदिनको अवसरमा “जय जय परशुराम” भजन सार्वजनिक (भिडियो)

Image
Nisarga Hospital

अत्तरिया: डडेल्धुराको परशुरामका श्याम बोहरा (सन्जु) ले “जय जय परशुराम” भजन सार्वजनिक गरेका छन् । आइतबार आफ्नो जन्मदिनको अवसरमा बोहराले युट्युब च्यानल Shyam Bohara मार्फत “जय जय परशुराम” भजन सार्वजनिक गरेका हुन्।

CP Hospital Dhangadhi

भजनमा उनले इश्वर पन्त (आइ.पी.)को सहकार्यमा शब्द रचना गरेका छन् भने, स्वरमा हिसिला भट्टराई (हिना) सँगै श्याम बोहरा स्वयंले आवाज दिएका छन्।

भजनको संगीत संयोजन, निर्देशन, क्यामेरा, भिडियो तथा अडियो सम्पादन किशोर कुमार भण्डारीले गरेका छन्। यसैगरी, गीतको कोरस आवाजमा दिपा भण्डारी, प्रकाश बिरही, र दिपेन्द्रको साथ रहेको छ।

nawajiwan

गीतको म्युजिक भिडियोमा श्याम बोहरा (सन्जु), हिसिला भट्टराई (हिना) , दिपा भण्डारी, सबिना धामी, मनिषा डाँगी लगायतको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

Attariya Hospital

अत्तरियाको अलिशा डिजिटल म्युजिक स्टुडियो रेकर्डिङ गरिएको यस भजनको निर्माणका लागि परिवारका सदस्यहरूसहित सुरेन्द्र बोहरा (दिपक), प्रकाश बोहरा, कृष्ण बोहरा, राम बोहरा, राम सिंह बोहरा, गणेश वली, सुरेश वली, गगन रावल, नरेन्द्र साउद, मुस्कान खड्का, सागर उपाध्यायले सहयोग गरेका छन् ।

“जय जय परशुराम” भजन भगवान परशुरामप्रति समर्पित रहेको छ। धार्मिक भावनासँगै नेपाली भजन संगीतमा योगदान पुर्‍याउने उद्देश्यले यो भजन ल्याइएको बोहराले बताए।

हेर्नुहोस् भिडियो :