स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग

Image
Nisarga Hospital

अत्तरिया : गाउँपालिका महासंघले स्थानीय सेवा ऐन तत्काल जारी गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरेको छ । महासङ्घले आइतबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई चारबुँदे मागपत्र बुझाउँदै स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गरेको हो।

CP Hospital Dhangadhi

महासंघका अध्यक्ष उत्तमबहादुर रोकायाले मुख्यमन्त्री शाहलाई मागपत्र बुझाउनु भएको थियो । महासङ्घले समपूरक र विशेष अनुदान प्राथमिकताका साथ दिइनु पर्ने माग गरेको छ ।

Attariya Hospital

यसैगरी, स्थानीय सरकारको क्षमता अभिवृद्धिको गतिविधि सञ्चालनका लागि पिएलजिएसपी कार्यक्रमसँग समन्वय गरी संयुक्त रुपमा कार्यक्रम गर्नमा सहजीकरण गर्नुपर्ने माग अगाडि सारिएको छ । यस्तै, महासंघ प्रदेश कार्यालय तथा कार्यक्रम सञ्चालनको स्रोत उलब्ध गराउनुपर्ने प्रदेश सरकारसँग माग राखिएको छ ।

nawajiwan

मागपत्र बुझ्दै मुख्यमन्त्री शाहले स्थानीय सेवा ऐन प्रदेश सरकारले तुरुन्त जारी गर्ने प्रतिबद्धता जनाए । बाँकी माग पनि आवश्यक छलफल र समन्वय गरेर सम्बोधन गरिने मुख्यमन्त्रीको भनाइ थियो ।