
ठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले कानुन उल्लंघन गर्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन्। सोशल मिडियामार्फत उनले भने, “यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामीले सुशासनको कुरा भाषणमा सुन्नु पर्छ?”

उनले काठमाडौँ टावर परियोजनासम्बन्धी विभिन्न आदेश सार्वजनिक गर्दै आफ्नो विषय गलत साबित भए जेल जान तयार रहेको चुनौती पनि दिए। यसले सरकार र स्थानीय सरोकारवालाबीच तनाव बढेको देखिन्छ।

































