धनगढीको सिड्लिङ जोन मन्टेश्वरी स्कुल नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

Image
Nisarga Hospital

धनगढी ः धनगढीको सिड्लिङ जोन मन्टेश्वरी स्कुल नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । ११ बर्ष अगाडि धनगढीको कैलाली पुलमा सञ्चालन आएको मन्टेश्वरी स्कूल हाल धनगढीकै वडा नम्बर २ रामजानकी मन्दिर पछाडी कृष्णनगर टोलबाट सञ्चालन आएको हो ।
विद्यालयमा भिड बढाउनु भन्दा पनि शिक्षाको गुणस्तर कसरी दिने भन्ने उदेश्यसका साथ सञ्चालनाम ल्याएको प्रिन्सिपल उदयप्रताप सिंहले बताए । ‘मण्टेश्वरी तालिम लिएका शिक्षकबाट परिवारिक वातावरणका पढाई हुन्छ’, उनले भने ।

CP Hospital Dhangadhi

‘विद्यालयमा विद्यार्थीको भिड बढाउन भन्दा पनि गुणस्तरिय शिक्षा दिने उदेश्य छ । त्यसै अनुसार एक कक्षामा २० जना भन्दा बढी विद्यार्थी राख्दैनौ ।’ शिक्षा क्षेत्रमा लामो अनुभव रहेको बताउँदै उनले सफा र शान्तिपूर्ण वातावरणमा नानी बाबुले पढ्न पाउने उनले बताए । तराईको तापक्रम बढ्दै छ त्यसै अनुसार विद्यालयलाई वातावरणमैत्री बनाउनका लागि एसि सहितका कक्षा कोठाहरु रहेको उनको भनाई रहेको छ ।

Attariya Hospital

विद्यालयका सिसि क्यामरा जडान गरिएका छन् ।
बालबालिकालाई जीवन उपयोगि शिक्षा प्रदान गरी उनीहरुमा भएको प्रतिभा बाहिर ल्याउन सिड्लिङ जोनले महत्वपूर्ण भुमिका खेल्ने र नयाँ पिडीहरुका लागि हातमा शैक्षिक प्रमाणपत्र भएर मात्रै बजारमा बिक्न समस्या हुने भन्दै उनले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको भोलिका दिनहरुमा थप प्राविधिक शिक्षा व्यवस्थित गरी आगाडि बढ्ने प्रिन्सिपल सिहँले बताए । पेलेग्रुपका नानीबाबुलाई लक्षित गरी सञ्चालन गरेको हुँदा उनीहरुलाई खेल्नका लागि मैदान तथा खेल सामग्रीहरु पनि प्रसस्त रहेको विद्यालयले जनाएको छ ।

nawajiwan