शिक्षकका मागप्रति सरकार संवेदनशील, काममा फर्किन सरकारको अनुरोध

Image
Nisarga Hospital

सरकारले शिक्षकका जायज माग सम्बोधन गर्न तयार रहेको स्पष्ट पारेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल शिक्षक महासङ्घले अघि सारेका मागहरूप्रति संवेदनशील रहँदै वार्तामार्फत समाधान खोज्न सरकार तत्पर रहेको निर्णय गरेको हो।

CP Hospital Dhangadhi

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले शिक्षक महासङ्घसँग निरन्तर संवाद गरिरहेको जानकारी दिँदै आगामी दिनमा पनि संवादमार्फत समाधान खोज्ने प्रतिबद्धता जनाइन्। उनले शिक्षकहरूले उठाएका मागप्रति सरकार गम्भीर रहेको र यथोचित रूपमा सम्बोधन गरिने स्पष्ट पारेकी हुन्।

Attariya Hospital

हाल महासङ्घको आह्वानमा जारी आन्दोलनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री भट्टराईले विद्यालय तहका विद्यार्थीहरूका हितलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइन्।

nawajiwan

वर्तमान समय विद्यार्थी भर्ना, एसइई उत्तरपुस्तिका मूल्याङ्कन र कक्षा १२ को राष्ट्रिय परीक्षा सञ्चालनको चरण भएकाले शिक्षण कार्य अवरुद्ध हुन नदिन मन्त्रीपरिषद् बैठकले सम्पूर्ण शिक्षकहरूलाई आ-आफ्नो कार्यस्थलमा फर्कन अनुरोध गरेको छ। साथै, अभिभावक तथा विद्यार्थीको हितलाई ध्यानमा राख्दै आन्दोलनका कार्यक्रमहरू स्थगन गर्न आग्रह गरिएको छ।