नास्ट कलेजको २५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

Image
Nisarga Hospital

नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट)ले २५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ।

CP Hospital Dhangadhi

शुक्रवार एक भव्य कार्यक्रमका बिच वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको हो। एकेडेमीका अध्यक्ष डा.चेतराज पन्त सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आतिथी रहेका थिए। कार्यक्रममा अर्थ राज्य मन्त्री प्रकाश बम कलेज व्यवस्थापन समितिका सदस्य, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो।

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेशको शिक्षा क्षेत्रले राम्रो सम्भावना बोकेको बताएका छन्। विगत २५ वर्षदेखि सुदूरपश्चिम प्रदेशमा विज्ञान तथा प्रविधितर्फ कलेजले गरेको भूमिका बारे चर्चा गर्दै प्रदेश प्रमुखले यहाँबाट उत्पादन भएका दक्ष जनशक्ति मुलुककै संवृद्धि र विकासमा केन्द्रित हुनुपर्ने बताए। उनले प्रविधि र गुणस्तरीय शिक्षा तर्फ ध्यान दिन आग्रह गरे। अर्थ राज्य मन्त्री बमले नास्ट कलेजबाट उत्पादन भएका दक्ष जनशक्तिले राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए।

nawajiwan
Attariya Hospital

कार्यक्रममा प्रदेश प्रमुख लगायतका अतिथिलाई बाजागाजासहित स्वागत गरिएको थियो। वार्षिक उत्सव तथा अभिभावक दिवसमा विभिन्न व्यक्तिलाई सम्मान गर्नुका साथै प्रतियोगिता विजेता, उपविजेता भएका खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न संस्कृति देखिने नृत्य पनि प्रस्तुत गरेका थिए। यसअघी नास्टको रेडक्रस सर्कलका बिद्यार्थिले नेपाल अपांग संघ खगेन्द्र नवजिवन केन्द्रलाई ५० हजार बरावरको खाद्यन्न सहयोग गरेको छ।

एकेडमीको २५औं बार्षिकोत्सवको अवसरमा नास्ट रेडक्रस सर्कलसंग आवद्ध बिद्यार्थिहरुले आफनो खाजा खर्चको रकमबाट खाद्यन्न खरिद गरि नवजिवन केन्द्रलाई बिहिवार हस्तान्तरण गरेका हुन। एकेडमीका अध्यक्ष डा चेतराज पन्त द्धारा नास्ट रेडक्रस सर्कलका बिद्यार्थिहरुले अपांग नवजिवन केन्द्र लाई खाद्यन्न सहयोग प्रदान गरिएको हो।

नवजिवन केन्द्रमा अहिले १० जना अपांगहरु रहेका छन। उनिहरुलाई करिव एक महिना पुुग्ने ५० हजार बरावरको खाद्यन्न सहयोग गरिएका हुन। यस अवसरमा एकेडमीका अध्यक्ष डा. चेतराज पन्तले सहयोगको परिणाम कति ठुुलो भन्दा पनि बिद्यार्थि भाईबहिनीमा मानव सेवाको भावनाबाट प्रणित भएर काम गर्ने कार्य महान भएको बताए।