बाह्रवन साझेदारी वनको अध्यक्षमा वीर बहादुर चोखाल निर्वाचित

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गौरीगंगा नगरपालिका–६ मा रहेको बाह्रवन साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षमा वीर बहादुर चोखाल विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी डण्डीराज सुवेदीलाई २८ मतको अन्तरले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

CP Hospital Dhangadhi

निर्वाचन अधिकृत उजिरसिंह कुँवरका अनुसार चोखालले कुल ७३ मत प्राप्त गरे भने सुवेदीले ४५ मतमा सीमित रहे। यसपटक समितिका १६ पदका लागि मतदान सम्पन्न भएको थियो, जसमा ४५ जना उम्मेदवारहरू प्रतिस्पर्धामा थिए।

बाह्रवन क्षेत्रका सामुदायिक वन प्रयोगकर्ताबीच यो निर्वाचनलाई गम्भीर चासोका साथ हेरिएको थियो। नयाँ नेतृत्वसँग वन व्यवस्थापनमा थप पारदर्शिता र सक्रियता आउने अपेक्षा गरिएको छ।

nawajiwan

त्यस्तै जनप्रतिनिधि अन्तरगत विजयराज ओझा १३ मत पाउदै विजयी भएका छन । उनका प्रतिद्वन्द्वी हरिराम चौधरीले ७ मत पाए ।३ जना महिला सदस्य पदका लागि मतदान भएकोमा ७१ मत सहित सुशिला चौधरी, ६३ मत सहित लक्ष्मी देवी भण्डारी र ५८ मत सहित गौरी कुमारी लामा विजयी भएका छन ।

Attariya Hospital

खुला सदस्यमा ५ पदका मतदान भएकोमा ६९ मत सहित राजेन्द्र प्रसाद जोशी, ६५ मत सहित पदमराज जोशी, ६५ मत सहित विक्रम विश्वकर्मा, ६२ मत सहित प्रकाश आर्चाय र ६१ मत सहित प्रकाश चन्द विजयी भएका छन ।त्यसैगरि दलित सदस्यमा ७६ मत सहित प्रेमसिंह विक, मधेशी सदस्यमा ७३ मत सहित श्याम सुन्दर ठाकुर, जनजाती सदस्यमा ६९ मत सहित सुनिलाल चौधरी, आदीवासी सदस्यमा जगन्नाथ राना ५९ मत ल्याएर विजयी भएका छन ।

अरु पदाधीकारी देखि सदस्यहरुले कति मत ल्याए त हेर्नुहोस सूची सहित !