देशका अधिकांश स्थानमा तापक्रम बढ्दै, मेघगर्जन र चट्याङको सम्भावना

Image
Nisarga Hospital

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रममा वृद्धि भइरहेको छ।

CP Hospital Dhangadhi

कोशी, मधेस, बागमती प्रदेशका साथै अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी क्षेत्रमा भने कतिपय स्थानमा हल्का वर्षा भइरहेको छ।

Attariya Hospital

महाशाखाले आइतबार मधेस प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा अन्य क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तो मौसमका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

nawajiwan