भारत–पाकिस्तान तनावपछिको स्थगन टुंगियो, जेठ ३ देखि आईपीएल पुनः सुरु हुने

Image
Nisarga Hospital

भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल) अब जेठ ३ गते (मे १७) बाट पुनः सुरु हुने भएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले सोमबार बाँकी खेलको परिमार्जित तालिका सार्वजनिक गरेको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

पछिल्लो तालिका अनुसार बाँकी १७ खेल ६ सहर — बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबाद — मा सञ्चालन हुनेछन्। प्लेअफका खेलहरूका स्थान पछि घोषणा गरिनेछ। डबल-हेडर खेलहरू आइतबार खेलाइने छन्।

आईपीएलको फाइनल खेल जेठ २० गते (३ जुन) हुनेछ। बीसीसीआईले सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गरेर खेल अघि बढाउने निर्णय गरेको जनाएको छ।